क्रिकेटर अविनाष बोहराले गरे प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’


 


काठमडौं, मंसिर ११ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहराले प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका छन् ।

केहीसमय यता प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा भएको हो।

प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन्।

२६ वर्षीय मध्यम तेज गतिका बलर बोहराले सोमबार उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् ।

उनले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् ।

अविनाषले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।

उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।

अविनाषले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्