सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, सेमिफाइनलमा मधेश प्रदेश


 


पोखरा, मंसिर १२। केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ । यससंगै सेमिफाइनलमा मधेश प्रदेश् पुगेको छ ।

समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो ।

यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए ।

यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए । जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

सुदूरपश्चिमलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्