कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार जरिवाना


 


काठमाडौं, मंसिर १२ । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो।

उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो।

ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले ती कसुरमा थप सजाय गरेको छैन।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्