केपी ओली कपको फाइनमा आर्मी र मधेश प्रदेश भिड्ने


 


काठमाडौं, मंसिर १४ । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनलमा मधेश विरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो ।

एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदीप ५५ रनमा आउट भए भने सन्दीपले ५४ रन बनाए ।

मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाए ।

सशस्त्रका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिए ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्