फेरि विवादमा तानिए प्रकाश सपुत


 


काठमाडौं, मंसिर १९ । प्रायः विवादमा आइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् ।

उनको एक म्युजिक भिडियो ‘कमाउने नि हो रमाउने नि हो’ बोलकोको गीतको भिडियोछायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी फेरि विवादमा तालिएका हुन् ।

अहिले सुटिङको भिडियो क्लिप बाहिरिएपछि उनको आलोचना भएको हो । यद्यपि यो क्लिप गीतको भिडियोमा भने इनारमाथि नाचेको देखिएको छैन ।

भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ क्लिपमा उनले बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमाथि नाचेको देखिन्छ ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप लगाइएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्