यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ


 


काठमाडौँ, मंसिर १९ । नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ ।

क्यानले आज एक कार्यक्रमका बिच खादा ओढाएर खेलाडीलाई बिदाइ गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामनासमेत दिए । देव खनालको कप्तानीमा नेपाली टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा छ । यसमा अफगानिस्तान, भारत र पाकिस्तान छन ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्