नेपाल सुपर लिग : आज चितवन र बुटवल लुम्बिनी भिड्दै


 


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बिहीबार एफसी चितवन र एफसी बुटवल लुम्बिनी खेल्दै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यी दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।

यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् । चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ ।

बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्