इनारमाथि नाचेको विवादमा प्रकाश सपुतले माफी मागे


 


काठमाडौँ, मंसिर २१ । इनारमाथि नाचेको भिडियोको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् । उनले इनारमाथि नाच्नु आफ्नो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य समेत नभएको उनले स्पष्ट परेका छन् ।

‘यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरू नै हुनुहुन्छ, म होइन । म कलाकारको रूपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनार माथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’, उनले भनेका छन् ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदाय प्रति क्षमा चाहन्छु ।’

चार महिना अगाडि ‘कमाउनी नि हो, रमाउनी नि हो’ गीतको म्युजिक भिडियो छायाङ्कनका क्रममा सपुतले इनारमाथि नाचेका थिए । उक्त भिडियो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसले गर्दा सामाजिक सञ्जालमा सपुतको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्