सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा


 


काठमाडौँ, मंसिर २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् ।

सन् २०२४ मा आयोजना हुने सुपर लिगका लागि सन्दीप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् । उनको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ ।

‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्