एसीसी कप क्रिकेटमा आज नेपाल र मलेसिया खेल्ने



काठमाडौं, पुस ३
श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेल अन्तर्गत आज मलेसिया सँग प्रतिस्पर्धा गर्दै छ ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपालले आजको मलेसियासँगको खेल लगभग जित्ने निश्चित छ । यस अघि भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रन तथा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

समुह चरणको खेलमा आयोजक श्रीलंका, भारतसँग प्रतिस्पर्धा गरिसकेको नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अर्को समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News