यू-१९ एसिया कप भोलिदेखि, पहिलाे खेल नेपाल र अफगानस्तानबीच


 


काठमाडौं, मंसिर २१। एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगीता भोलिदेखि यूएईमा सुरु हुँदैछ ।

यस संस्करणको यू(१९ एसिया कपमा एसियाका ८ टिमले सहभागीता जनाउँनेछन् । सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपालसहित भारत, पाकिस्तान र अफगानस्तान रहँदा समूह बी मा भने आयोजक यूएईसहित जापान, बंगलादेश र श्रीलंका रहेका छन् ।

समूह ए मा रहेको नेपालले भोली आफ्नो खेलमा अफगानस्तानसँग खेल्ने भएको छ ।

एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोलि अफ्गानस्तानसँग भिड्दा समूह ए मा नै रहेका भारत र पाकिस्तान पनि एकअर्काविरुद्ध भिड्नेछन् ।

नेपाल देव खनालको कप्तानीमा मैदान उत्रिँदा अफगानस्तान आसिर खानको कप्तानीमा तथा भारत उदय सह्रान र पाकिस्तान मिर्जा सादवैंगको कप्तानीमा मैदान उत्रिँनेछन ।

दुबै समूहमा रहने शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टिममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान देव खनाल, गुल्सन झा र अर्जुन कुमालका साथै घातक बलर दीपेश कँडेलसमेत छन् ।

दुबईस्थित क्रिकेट मैदानमा हुने प्रतियोगीता भोलिबाट डिसेम्बर १५ सम्म चल्नेछ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्