पाकिस्तानविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दै


 


काठमाडौं, मंसिर २२ । एसिसी यू–१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग पहिलो ब्याटिङ गर्दैछ ।

युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

यू–१९ स्तरमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म पाँच खेल हुँदा पाकिस्तानले चार खेल र नेपालले एक खेलमा जित निकालेका छन् ।

नेपालले सन् २००२ को यू–१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो । त्यसयता खेलिएका चार खेलमा भने पाकिस्तानले लगातार जित निकालेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्