नेपाल सुपर लिग : एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दै


 


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

यता, चार खेलबाट पाँच अंक जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो ।

आजको जितले चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्