रोनाल्डोको हृयाट्रिक सँगै रियल मड्रिडले जित्यो क्लब वर्ल्डक्लब


 


एजेन्सी, पुस ३

क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्ड क्लबको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई ४-२ अन्तरले पराजित गरेको छ ।

जापानको योकाहामास्थित निसान स्टेडियममा भएको खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्कायो ।

५२ औं मिनेटमा कासिमले नै गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेट सकिनै लाग्दा जापानी टोलीले गोल गर्दै उपाधि जित्ने राम्रो मौका पाएको थियो । तर, उसका खेलाडी चुके ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो । जसको ९७ औं मिनेट गोल गरेका रोनाल्डोले १०४ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्