को बन्ला नेपाल बैंकको सिइओ ? यी हुन् सर्ट लिस्टमा परेका पाँच नाम


 


काठमाडौं, पुस २
नेपालको बैंकिङ्ग क्षेत्रको सबैभन्दा अग्रणी संस्था नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका छन् ।

सर्ट लिस्टमा ५ जना छनोट भएसँगै नेपाल बैंक लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

सञ्चालक समिति सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट रहेका छन् ।

सञ्चालक समिति सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार पाँचै जनालाई पुस ४ गते अन्तर्वार्ताको समय तोकेको छ । उनिहरुलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित हुन सूचित गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्