माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त


 


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त हुनुभएको छ ।

विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइराललाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सक्नु भएका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिनु हुन्छ ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको बैंकले जनाएको छ ।

सन्तोष कोइराला एक योग्य र नतीजामुखी बैंकिङ्ग प्रोफेस्नल हुनुहुन्छ, जसले बैंकिङ्ग क्षेत्रका विभिन्न महत्वपूर्ण पदहरूमा २१ बर्ष भन्दा बढी सफल अनुभव प्राप्त गर्नुभएको छ ।

उहाँले आफ्नो करियर बैंक अफ काठमाडौंबाट शुरू गर्नुभएको थियो। त्यहाँ साढे ४ बर्षभन्दा बढी समय रहेर उहाँ सानिमा बैंक लिमिटेडका विभिन्न विभागहरूमा साढे ९ वर्षसम्म कार्यरत रहनुभएको थियो ।

कोइरालाले त्रिभुवन विश्वबिद्यालयबाट व्यवसाय प्रशासनमा स्नताकोत्तर डिग्री र नेदरल्यान्डस् को इरास्मस विश्वबिद्यालयबाट एड्भान्स व्यवस्थापन र नेतृत्व प्रोग्राममा डिप्लोमा प्राप्त गर्नुभएको छ।

उहाँसँग बैंकिङ्गको व्यवसाय तथा सन्चालन दुवै क्षेत्रको प्रमुख पाटोहरुमा विशेषज्ञता छ । बैंकिङ्ग क्षेत्रको पर्याप्त ज्ञान हुनुका साथै ग्राहक सेवामा फोकस गर्ने उहाँसँग उत्कृष्ट संचार, विश्लेषणात्मक क्षमता र नेतृत्वको कौशलता छ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्