नेपाल बैंकको सिइओमा तिलक राज पाण्डेय नियुक्त


 


काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तिलक राज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि सिइओमा नियुक्त भएका हुन् ।

सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको हो।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्