सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबल प्रतियोगितामा दुइ खेल हुदै



सुनसरी, पुस ६

सुनसरीको दुहवीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबल प्रतियोगितामा आज पनि दुइ खेल हुदै छन् । आज हुने पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा मध्यमाञ्चल र त्रिभुवन आर्मी भिड्ने छन् ।

यी दुवै टोलीको खेल सुनसरी स्थित टेलिकमको खेल मैदानमा दिउसो हुनेछ । यस अघि हिजो भएको खेलमा एपीएफ र मध्यमाञ्चल विजयी भएका छन् । एपीएफले सुदुरपश्चिमलाई ४ – १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३ – ० ले हराउदै तीन अंक सुरक्षित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News