सशस्त्र प्रहरी बल एपीएफको टोलीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ४-१ ले हरायो


 


सुनसरी, पुस ६

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागीय टोली सशस्‍त्र प्रहरी बल एपीएफ अन्तिम ४ मा प्रवेश गरेको छ। सुनसरीको दुहबीस्थित खेलमैदानमा जारी प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफको टोलीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ४-१ ले हरायो।

यस जितसँगै समूह ‘क’ मा ६ अंक बनाएको एपीएफको टोली प्रतियोगिताको सेमिफाइनल पुगेको छ। खेलको ११ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यसको मिनेटपछि सुदुरपश्‍चिमबाट हेमा चौधरीले बराबरी गोल फर्काइन्। २८ औं मिनेटमा एपीएफकी तेजकुमारी गुरुङले गोल गरेपछि एपीएफले खेलमा २-१ को अग्रता लियो।

अनिता केसीले ३६ औं मिनेट तथा रञ्जना दर्जीले ४७ औं मिनेटमा गोल गरेपछि एपीएफले खेल ४-१ ले जित्यो। अनिता केसी प्लेयर अफ दि म्याच घोषित भइन्। अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३-० ले हरायो। प्रतियोगिता अन्तर्गत बुधबार एपीएफले नेपाल पुलिसको र अर्को खेलमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्