सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज देखि विराटनगरमा सुरु


 


विराटनगर , पुस ८

विराटनगरमा आज देखि औपचारिक रुपमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको आज भव्य समारोह विच राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन  गर्ने कार्यक्रम छ ।

पूर्वाञ्चलमा खेलकुद सातौ, विविधतामा रमाएर बाँचौ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन विराटनगर स्थित सहिद रंगशालामा अपरान्ह ३ बजे पछि हुने छ ।

एक साता हुने बृहत राष्ट्रिय खेलकुदमा ४ हजार भन्दा बढी खेलाडिले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन् । पूर्वाञ्चलको मोरङ, सुनसरी, झापा, धनकुटा, सिराह, सप्तरी र उदयपुरमा प्रतियोगिताको विभिन्न खेल हुने छन् ।

प्रतियोगितामा ३५ खेल समावेश गरिए पनि पूर्वाञ्चलमा ३० खेल मात्र हुने बताइएको छ । अन्य ५ खेल मध्य एक खेल पोखरामा र ४ खेल राजधानीका हुने निर्णय गरिएको थियो ।

त्यस मध्य तीन खेल सम्पन्न भइसकेका छन भने महिला फुटबलका खेल सुनसरीको दुहवीमा र पुरुष फुटबल धरानमा जारी छ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्