साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्ने



काठमाडौं, पुस ११

साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज बाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।

नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली पहिलेभन्दा पनि उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेकोले उपाधि जितेरै देश फर्कीने बताएका छन् । प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपुर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १÷० ले हराएको थियो ।

फिफा वरियतामा आफुभन्दा माथि रहेको मलेसियालाई हराएको नेपाली महिला फुटबलरहरु निकै हौसिएका छन् । नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत , अफगानिस्तान र बंगलादेश रहेका छन् ।

पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News