नेपालले गर्यो पहिलो हाफमै  भुटान बिरुद्ध ५ गोल


 


काठमाडौं, पुस ११

चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिताको पहिलो हाफसम्म नेपालले भुटानविरुद्ध ५ गोलको अग्रता लिएको छ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा सुरु भएको खेलमा नेपालले नेपालकी फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिकमा  पहिलो हाफमा नै ५ -० को अग्रता कायम गरेको छ ।

भुटानलाई दबाबमा राखेको नेपालले खेलको ५ औ मिनेटमा नै भुटान बिरुद्ध साबित्रा भण्डारीको गोलबाट अग्रता लियो । ९ औ मिनेटमा शर्मिला थापाले दोस्रो गोल गरिन भने पहिलो हाफमा नै २३ ,२६ र ३५ औ मिनेटमा गोल गर्दै नेपाली टोलीले ५- ० को अग्रता कायम गरेको छ । सावित्राले पहिलो हाफको ५, २३ र ३५ औं मिनेटमा गोल गरिन् । शर्मिलाले ९ र २५ औं मिनेटमा गोल गरिन् ।

दोस्रो हाफ चलिरहदा पनि नेपालले भुटानलाई दबाबमा रखेको छ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि प्रतिस्पर्धा गर्ने छ । यसअघिका सबै खेलमा तीनै देशसँग नेपाल विजयी भएको छ ।

यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।

फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्