कुवेतविरुद्धको खेलमा नेपालले पायो ७४ रनको लक्ष्य


 


काठमाडौं, फागुन २ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्धको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् । मुरली २९ रनमा आउट भइन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।

यस्तै रुबिना क्षत्रीले ४ ओबह्र्म १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् ।

कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तै शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३(१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकाल्दै समुहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आजको विजेताले जापान र मलेसिया बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि खेल्ने छ ।

फाइनल पुग्ने दुई टोलीले २०२४ सेप्टेम्बरमा हुने एसिया कप खेल्ने छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्