दक्षिण अफ्रिकाका अलराउन्डर माइकको निधन


 


काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर माइक प्रोक्टरको निधन भएको छ ।

माइकको ७७ वर्षको उमेरमा निधन भएको हो । मुटुको अप्रेसनको क्रममा निधन भएको बताइएको उनकी श्रीमती मर्यनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जनाएकी छन् ।

सन् १९७० देखि १९८० को दशकका दक्षिण अफ्रिकाको लागि खेलेका उनले छोटो समयको अन्तर्राष्ट्रिय करिअरका उत्कृष्ट खेलाडी मानिन्छन् । उनले दक्षिण अफ्रिकाको लागि ७ टेष्ट म्याच खेलेका छन् ।

अष्ट्रेलिया खेलविरुद्ध उनले १५.०२ को औसतसहित ४१ विकेट लिएका थिए । उनले खेलेका ७ खेलमा दक्षिण अफ्रिका अपराजित रहँदै ६ खेलमा विजयी भएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्