डेब्यू खेलमा नेपाल ‘ए’ क्यानडासंग पराजित


 


काठमाडौं, फागुन ६ । एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ आफ्नो पहिलो खेलमा क्यानडा– ११ सँग पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य क्यानडाले अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै पूरा गर्यो । ६ विकेट गुमाएको क्यानडाका लागि नवानित धलिवल र निखिल दत्तले अर्धशतक प्रहार गरे ।

निखिल ६७ रनमा नटआउट रहे । संयमित इनिङ खेलेका उनले १ सय १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । श्रेयास मोभाले २७ बलमा २ चौकासहित २३ रन जोड्दै साथ दिए ।

तेस्रो ओभरमा सृमन्थ विजयरत्ने प्रतिश जिसीको बलमा मिड अनमा क्याच आउट भए । ११ बलमा ५ रन जोड्दै उनी मयन यादवबाट क्याच भएका थिए ।

चौथो ओभरमा आरोन जोन्सन राशीद खानको बलमा क्याच आउट भए । उनले ५ बलमा २ रन जोडे । त्यसपछि दिलप्रित बज्वा र नवानित धलिवलले ३७ रनको साझेदारी गरेका थिए ।

दशौं ओभरमा साहब आलमले लगातार दुई विकेट लिँदै क्यानडालाई दबाबमा राखे । आफ्नो पहिलो ओभरको चौथो बलमा दिलिप्रितलाई एलबीडब्लु धरापमा पारेका उनले अर्को बलमा हर्ष ठाकरलाई बोल्ड गरे । दिलप्रितले ८ रन जोडे ।

पाँचौ विकेटका लागि धलिवल र निखिलले ७५ रनको साझेदारी गरे । सगर ढकालको बलमा क्याच आउट हुनुअघि धलिवलले ८० रन जोडे । उनले ७६ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

त्यसपछि साद बिन जफर र निखिलले ५४ रनको साझेदारी गरे । सादले बसिरको बलमा बोल्ड हुनुअघि ४३ बलमा २३ रन जोडे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।

बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । साहब आलम २ रनमा नटआउट रहे ।

ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आठौं ओभरको पाँचौ बलमा अर्जुन क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए । उनले १४ बलमा ४ रन जोडे ।

पहिलो विकेट खसेपछि भने नेपालको रनगति रोकिएको थियो । १५ औं ओभरमा टिमको स्कोर ५१ रन हुँदा मयन यादव आउट भए । हर्ष ठाकरले मयनलाई कट बिहाइन्ड गराए । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे ।

त्यसपछि कप्तान विनोद भण्डारी १८ औं ओभरमा आउट भए । उनी विपक्षी कप्तान सादको बलमा एलबीडब्लू आउट भए । उनले ११ बलमा १ चौकासहित ५ रन बनाए ।

सन्दीप जोरा २४ औं ओभरमा पेभेलियन फर्किए । २५ बलमा २ चौकासहित १४ रन जोडेका उनी शहिद अहमदजाईको बलमा लङ अनमा क्याच आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खानले ६६ बलमा ५ चौकासहित ४० रन जोडे । उनी ३४ औं ओभरमा सादकै बलमा बोल्ड भए । किरण ठगुन्नाले डिलोन हेलिगरको बलमा क्याच आउट हुनुअघि २५ रन बनाए । ३२ बलको सामना गर्दै उनले ३ सुन्दर चौका प्रहार गरे ।

त्यसपछि विवेक र बसिरले ७४ बलमा ५९ रनको साझेदारी गरे । विवेकले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए । उनी सर्ट थर्ड म्यानमा क्याच आउट भए । प्रतिश जिसी ३ बलमा ४ रन जोड्दै मिडविकेटमा क्याचआउट भए ।

क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । इश्वरजोत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकर र सहिद अहमदजाईले १(१ विकेट हात पारे ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्