बर्नमाउथलाई पराजित गर्दै चेल्सीको लगातार १२ औं जित


 


काठमाडौं,पुस १२

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले बर्नमाउथलाई ३ –० गोल अन्तरले पराजित गर्दै लगातार १२ औं जितको कीर्तिमान बनाएको छ ।

खेलमा चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई झनै फराकिलो पारेको छ ।

प्रिमियर लिगअन्तर्गत राति भएको अर्को खेलमा आर्सनलले वेष्ट ब्रोमलाई १–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले सण्डरल्याण्डलाई ३–१ ले हराएको छ ।

यसैगरी म्यान्चेस्टर सिटीले हल सिटीलाई ३–० ले हराउँदा एभर्टनले लेष्टर सिटीलाई २–० ले पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई ४–१ ले पराजित गर्दा बर्न्लेले मिडिल्सब्रो माथि १–० को जित निकालेको छ ।
त्यसैगरी वाट्फोर्ड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका छन् । गएरातिका खेल पछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

समान खेलबाट ३९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिभरपुलले आज राति स्टोक सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्