नामिबियाविरुद्ध नेपाललाई बदलाको अवसर


 


काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ मा आज एकदशीय श्रृंखलाअन्तर्गत नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।

यी दुई बीचको खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेलमा नेपालले नामिबियाविरुद्ध बदला लिने अवसर छ।

यी दुई टोलीबीच भएको लिग-२ को पहिलो खेलमा नामिबिया ४ विकेटले विजयी भएको थियो। नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। नामिबिया भने नेदरल्यान्ड्ससँग पराजित भएको छ। नेदरल्यान्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकाल्यो।

काठमाडौँमा जारी आईसीसी विश्व क्रिकेट लिग-२ मा त्रिवि क्रिकेट मैदानमा तीन खेल भएका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्