चेल्सीको शीर्ष स्थानमा कायमै


 


काठमाडौं, पुस १३

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्टोक सिटीलाई पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ४-१ ले विजयी भएको हो ।खेलमा लिभरपुललाई विजयी गराउन एडम लालाना, रोबर्टो फर्मीनो र ड्यानिएल स्टरीजले एक–एक गोल गरे ।

स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भएको हो । जितसँगै लिभरपुल इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

१८ खेलबाट उसको ४० अंक भएको छ । समान खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्