स्वास्थ्य वीमाको कानुन ल्याउन लागेको स्वास्थ्यमन्त्रीको भनाई



मकवानपुर, पुस १३

स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य वीमा अनिवार्य गर्ने कानुन ल्याउन लागेको बताएका छन । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मनहरीमा गरेको आमसभामा मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट कुनैपनि नागरिक बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य वीमाको तयारी गरेको बताएका हुन् ।

उनले संसदमा पुसभित्रै स्वास्थ्य वीमा ऐन संसदमा पठाउने योजना सुनाए । ५ वर्ष्भित्र सबै स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई ग्रामीण भेगसम्म सर्वसुलभ स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News