अमेरिकाले गाजामा पहिलो पटक हवाईमार्गबाट पुर्‍यायो राहत सामग्री


 


एजेन्सी । अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ ।

अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्‍याएको हो ।

गएको बिहीवार गाजामा राहत सामग्री लगिरहेका ट्रकलाई पीडितहरुले रोक्न खोज्दा भएको आक्रमणमा एक सय १२ जनाको ज्यान गएपछि अमेरिकाले हवाईमार्गबाट राहत सामग्री पुर्‍याएको हो ।

राहत सामग्री पुर्‍याउन भएको अवरोधका कारण गाजामा खाद्य सङ्कट बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो तत्काल हवाईमार्गबाट राहत पुर्‍याउन निर्देशन दिएका थिए ।

गाजामा यसअघि बेलायत, फ्रान्स र जोर्डनले पनि हवाईमार्गबाट राहत सामग्री पुर्‍याएका छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्