अमेरिका–इरान समझदारी कार्यान्वयनबारे स्विट्जरल्यान्डमा प्रारम्भिक वार्ता हुने
जेनेभा, ४ असार । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको बर्गनस्टकमा हुने भएको छ।
स्विट्जरल्यान्डको विदेश मन्त्रालयले अमेरिका, इरान तथा मध्यस्थकर्ता पाकिस्तान, कतारलगायत देशका प्रतिनिधिहरू उक्त वार्तामा सहभागी हुने जनाएको छ।
लुसर्न नजिकको बर्गनस्टकस्थित रिसोर्टमा हुने वार्तामा अमेरिका–इरानबीच भएको समझदारीको कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहभागी हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












