त्रिकोणात्मक टि२० सिरिज : नेदरल्यान्ड्स र नेपाल फाइनल खेल्ने


 


काठमाडौं, फागन २० । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ ।

नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक बाँडिएको छ । जसले गर्दा नेदरल्याण्डस् फाइनलमा पुगेको हो ।

अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्योभ ने नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो ।

नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गरेर बाहिरियाे । नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्