न्यूरो टिम एनआरटीलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा


 


झापा, २२ फागुन । छैटौँ झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको आजको खेलमा न्यूरो टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरे । पहिलो हाफमा लिग विजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको थियो भने दस्रो हालमा एनआरटीले चर्च ब्वाइजलाई दबाबमा राख्यो खेलमा फर्कन सकेन । पाएको अवसरलाई एनआरटीले सदुपयोग गर्न सकेन । खेलको ८६औँ मिनेटमा चर्च ब्वाइज अग्रतालाई दोब्बर बनाउने अवसरलाई सदुपयोग गर्न सकेन ।

यो जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ । चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।

मंगलबारकको खेलमा ‘म्यान अफ द म्याच’ चर्च ब्वाइजको गोलका लागि उत्कृष्ट पास निकाल्ने सञ्जित राई भए । उनले नगद रु ११ हजार प्राप्त गरे ।

बुधबारको खेल ए डिभिजन लिगको दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजक झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । यही २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमबीच प्रतिस्पर्धा हुदैछ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्