युक्रेनमा पुनः आणविक संयन्त्र सुरु नगर्न रुसलाई आइएइएको चेतावनी


 



रुस , २३ फागुन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले रुसलाई दक्षिणपूर्वी युक्रेनमा जापोरिजिया आणविक ऊर्जा संयन्त्रलाई पुनः सुरु नगर्न चेतावनी दिएको आइएइए प्रमुख राफेल ग्रोसीले बुधबार बताउनुभएको छ ।

रुसी सेनाले आफ्नो आक्रमणको पहिलो दिनमा कब्जा गरेको फ्रन्टलाइन प्लान्ट लगातार हमलाका कारण सन् २०२२ देखि बन्द छ । ग्रोसीले रुसको आणविक अपरेटरले संयन्त्रलाई अनलाइनमा फिर्ता राख्नुपर्ने सुझावको जवाफ दिनुभएको थियो ।

“यो आसन्न छैन, म आफ्नो रुसी समकक्षीहरूको त्यस्तो कुनै पनि कारवाहीका लागि विचारहरूको आवश्यकता हुनेछ भन्ने तथ्यतर्फ ध्यानाकर्षण गरिरहेको छु”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिला यो सक्रिय युद्ध क्षेत्र हो र यसलाई बिर्सन सकिँदैन, दोस्रो यो संयन्त्र लामो समयदेखि बन्द छ ।”

उहाँले भविष्यमा कुनै पनि विन्दुमा संयन्त्रलाई पुन अनलाइन गरिने कुरालाई अस्वीकार गर्नुभएन तर यसका लागि ‘धेरै सुरक्षा आकलन गर्ने आवश्यकता हुने’ बताउनुभयो ।

सन् २०२२ मार्चमा मस्कोले कब्जा गरेपछि पावर स्टेसनलाई बारम्बारको गोलाबारी र ड्रोन आक्रमणहरूले हल्लाएको छ र ‘ओभरहिटिङ’ लाई रोक्नका लागि निरन्तर मर्मतको आवश्यकता छ ।

ग्रोसीले आफ्ना दुई प्रमुख चिन्ताहरू संयन्त्रको भौतिक अखण्डतार र यसको बाह्य विद्युत् आपूर्तिमा अवरोध भएको बताउनुभयो । युद्ध सुरु भएपछि उक्त संयन्त्रले आठ पटक बाह्य विद्युत् गुमाएको छ । यसमा डिसेम्बरमा युक्रेनले उसको ब्याकअप डिजेल जेनेरेटरमाथि निर्भर रहन बाध्य हुनुपरेको बताएको थियो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्