राजाले लगाउने श्रीपेच यस्ताे छ, अब जनताले हेर्न पाउने


 


काठमाडाैं, पुस १४

सरकारले नारायणहिटी दरबारमा रहेको श्रीपेच सार्वजनिक गर्ने तयारी गरेको छ । निरीक्षणका लागि नारायणहिटी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबाहदुर शाहीले मन्त्री शाहीले श्रीपेच सर्वसाधरणले हेर्न मिल्ने व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन् ।

मन्त्री शाहीको निर्देशन पछि संग्राहलयका प्रमुख रोहित कुमार ढुंगानाले श्रीपेच सार्वजनिक गर्नका लागि लगभग तयारी भएको र सुरक्षा विश्लेषण भैरहेको जानकारी दिए । यसका लागि नेपाली सेनासँग कुरा भइरहेको उनले बताए ।

स्व. पूर्व राजा विरेन्द्रका जन्मदिनमै नारायणहिटी पुगेका शाही उनको निजी निवास श्री सदनको पनि अवलोकन गरेका थिए । सो अवसरमा संग्राहलय प्रमुख ढुंगानाले विरेन्द्र निजी निवास श्री सदन पनि सर्वसाधरणको लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिए ।

संग्राहलय भित्र रहेका विभिन्न जिल्लाको नामबाट नामकरण भएका कक्षहरुको विषय र विशेषताको व्याख्या गर्दै संग्राहलय प्रमूख ढुंगानाले त्रिभुवन सदन पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको बताए ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्