‘मिरा राई’ वृत्तचित्र प्रदर्शन हुने



असिम दुङमाली
पौवादुङमा (भोजपुर) पुस १४

विश्वचर्चित नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राईको जीवनीमा आधारित वृत्तचित्र “मिरा राई” को प्रदर्शन उनकै गृहजिल्ला भोजपुरमा हुने भएको छ । वृत्तचित्र प्रदर्शनको निम्ति उनको गृहजिल्ला भोजपुर एवम् जन्मस्थान सानोदुङमामा हाल तयारी भइरहेको छ । वृत्तचित्र प्रदर्शनकै निम्ति धाविका मिरा राई र निर्माता टोली शनिबार भोजपुर आइपुग्दैछन् ।

धाविका मिरा राईका अनुसार सानोदुङमाबासीहरुको अनुरोध बमोजिम गृहजिल्लामा वृत्तचित्रको प्रदर्शन गर्न लागिएको हो । भोजपुर सदरमुकाम र सानोदुङमाको स्थानीय सानोदुम्मा माध्यमिक विद्यालयमा निःशुल्क प्रदर्शन गर्न लागिएको छ ।

यद्यापि, सानोदुम्मा माविमा अध्ययनरत किशोरीहरुका निम्ति स्यानिटरी प्याड व्यवस्थापन कोष स्थापना सहयोगार्थ दर्शकहरुले स्वेच्छिक सहयोग भने गर्न सक्नेछन् ।

स्थानीय आयोजकहरुका अनुसार आगामी शनिबार भोजपुर सदरमुकामको स्थानीय टुडिखेलमा बेलुकी ५ः३० बजे देखि शुरुवात हुनेछ । त्यसैगरी धाविका मिरा राईको जन्मगाउँ सानोदुङमामा आइतबार साझ प्रदर्शन गरिनेछ ।

भोजपुर सदरमुकामका निम्ति रिमाचुङ एजुकेशनल एण्ड स्पोर्ट एकेडेमी र सानोदुङमाको लागि सानोदुम्मा माविद्वारा आयोजनाको व्यवस्थापन जिम्मेवारी लिएका छन् ।

धाविका मिरा राईको जीवन संघर्ष अनि सफलताको कथालाई मुख्य विषय वस्तु बनाएर हङकङका नागरिक लोयड बेल्चरले गत वर्ष नै निर्माण सम्पन्न गरेका हुन् । शुरुमा अंग्रेजी भाषामा तयार गरिएको यो वृत्तचित्र हाल चाइनिज, फ्रेन्च, स्पानिस, जर्मन र नेपाली भाषामा समेत तयार भएको छ ।

पछिल्लो समय नेपाली भाषा तयार भए पश्चात मिरा राईको उत्प्रेणात्मक जीवन संघर्षलाई सबै सामु पुर्याउने उदेश्यका साथ नेपालको विभिन्न स्थानहरुमा प्रदर्शन भइरहेको छ ।

नेपाल, हङकङ र अष्ट्रेलियामा सुटिङ गरिएको यस वृत्तचित्र मार्फत नै निर्माता बेल्चरले “बेष्ट फिल्म इन माउण्टेन कल्चरः न्यूजिल्याण्ड”, “वीनर अफ अडियान्स च्वाइस अवार्डः काठमाण्डौ” समेत गरी हालसम्म आधा दर्जन बढि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पारिसकेका छन् ।

माउण्टेन फेष्टिवल एण्ड टुर–२०१७ का लागि समेत वृत्तचित्र “मिरा राई” छनौटमा परेको छ । निर्माता वेल्चरका अनुसार विश्वका ४० वढि मुलुकहरुमा १ हजार भन्दा बढि प्रदर्शन गरी ५ लाख भन्दा बढि मानिसहरुलाई यो वृत्तचित्र देखाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News