पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु


 


इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताउँनु भएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उहाँले जानकारी दिनु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताउँनु भएको छ । भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्