पोर्न स्टार सोफिया मृत फेला, हत्याको आशंका


 


न्युयोर्क । पोर्न स्टार सोफिया लियोन मृत फेला भएको विषयमा खोजी सुरु भएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका हुन् ।

२८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए। तर, उनको मृत्युको वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्