आजदेखि २०१७ को सुरुवात



काठमाडौं,  पुस १७

आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । सन् २०१६ लाई बिदाई गर्दै एक आपसमा शुभकामना दिँदै नयाँ वर्ष मनाईन्छ । अमेरिका, युरोपेली मुलुकसहित, एशियाली राष्ट्रमा आपसी भेटघाट गरी उत्सवका रुपमा नयाँ वर्ष मनार्इंदैछ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा हुन  सक्ने  सम्भावित दुर्घटना र आक्रमणका लागि ठाउँ ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मुख्य गरी जर्मनी र फ्रान्समा सुरक्षा सतर्कता बढाइएको विविसीले जनाएको छ ।

यस्तै लण्डनमा नयाँ वर्षलाई मध्य नजर गर्दै हजारौँ थप प्रहरी खटाइएको छ । टर्कीको इस्तानबुलमा १७ हजार प्रहरी अधिकारी डिउटीमा खटिएका छन् । जापानको राजधानी टोकियोमा नयाँ वर्षको विशेष कार्यक्रम भएको छ ।

यस्तै चीनको राजधानी बेइजिङको ओलम्पिक पार्क, अस्ट्रेलियाको सिड्नी, लण्डन, हङकङ, ब्राजिल, जर्मनी, हंगेरी, अमेरिका लगायत राष्ट्रमा आतिशबाजीसहित कार्यक्रम भइरहेका छन् ।

यसैबिच नयाँ वर्ष मनाइरहेका बेला टर्कीको इस्तानबुलमा आक्रमण भएको छ । नाइट क्लबमा आक्रमण भएको र धेरै जना घाइते भएका विविसीले जनाएको छ । सान्टा क्लजको पोशाक लगाएर आएका दुई जनाले आक्रमण गरेका टर्कीको राष्ट्रिय टेलिभिजनले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News