आज देखि स्वयम्भूबाट लाइसेन्स दिइने


 


काठमाडौं, पुस १७

यातायात व्यवस्था विभागले आज देखि राजधानीको स्वयम्भुबाट पनि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने भएको छ ।

लाइसेन्स लिनका लागि सेवा ग्राहीको चाप अत्याधिक भएकाले विभागले आज देखि स्वयम्भु स्थित यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र वितरण गर्न लागेको हो ।

गत साता बाट मात्रै लाइसेन्सको अनलाइन फारम सुरु गरेको विभागले सेवाग्राहीको चाप बढेकै कारण स्वयम्भु लगायत मुलुकभर थप नयाँ कार्यालय विस्तार गर्ने भएको छ ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्