सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, चैत ९ । नेपाली बजारमा हिजो (बिहीबार) हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ ।

सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २६ हजार रुपैयाँ पुगेको छ ।

सुन हिजो हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्