एमाले संशोधनबाट भाग्यो : पौडेल


 


दमौली , पुस १७

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमालेले सदन चल्न नदिएर मधेसको उपेक्षा गरेको आरोप लगाएका छन । नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए । प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताए ।

मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प नभएको भन्दै उन्ले संशोधनबाट भाग्नु र सदन चल्न नदिनु उपयुक्त मार्ग नभएको उल्लेख गरे । देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्