एमाले महासचिव पोखरेल भन्छन्– संशोधन प्रस्ताव संसद्मा राख्न दिँदैनौ



काठमाडौँ, पुस १७

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत भएको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनको प्रस्ताव सामाजिक सद्भावमा खलल पार्ने, जनभावना विपरीत र असंवैधानिक भएको विचार व्यक्त गर्नुभयो ।

नेता पोखरेलले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएर टेबल गर्ने प्रयास भइरहेको छ, त्यो हुन सक्दैन, हामी त्यो हुन दिँदैनौँ, किनकि त्यसको आवश्यकता र औचित्य छैन ।”

नेता पोखरेलले संविधान संशोधनका विषयमा एमालेसहित नौ दलले संसद् चल्न नदिए पनि निर्वाचन गर्ने विषयमा भने एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले सभामुखले राजनीतिक दलहरुलाई असहमतिका विषय र प्रक्रियामा सहमति गर्न गराएको ध्यानाकर्षणलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुरुप दलहरुले प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले संविधान संशोधनको विषयलाई लिएर एमालेले गर्न लागेको जनप्रदर्शन सफल पार्न सबैसँग आग्रह गर्नुभयो ।

एमालेले पुस २२ गते काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न ३३ स्थानबाट पदयात्रा निकाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News