एकनाले भरूवा बन्दुक र बारूदसहित चार जना पक्राउ


 


पाल्पा, चैत १३ । रैनादेबी छहरा गाउँपालिका–७ पहेलाघाटबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने छर्रा र बारूद सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–८ ईटीया बस्ने ५६ वर्षीय बिनोद थापा, वडा नम्बर–५ बस्ने ३१ वर्षीय सन्तोश राना, वडा नम्बर १० बस्ने ४१ वर्षीय सुकई थारू र वडा नम्बर ७ धावा बस्ने २४ वर्षीय बुद्धहादुर भन्ने रमेश कुमाल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले रमेश कुमाललाई उनकै घरबाट १ थान भरूवा बन्दुक तथा रैनादेबी छहरा गाउँपालिका–७ पहेलाघाटबाट बिनोद, सन्तोश र सुकईलाई बन्दुक छर्रा र बारूदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्