नक्कली नोटसहित एक जना पक्राउ


 


बाँके, चैत १३ । कोहलपुर नगरपालिका–१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारी पक्राउ परेका छन् ।

सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्