काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा मृत फेला


 


काठमाडौं, चैत १६ । काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छन् । उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

३४ वर्षीया धौभडेल बिहीबार सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

प्रहरीका अनुसार प्रतिभाका श्रीमान पनि डाक्टर नै हुन् ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्