दोहा उडेको जहाज समस्या आएपछि काठमाडौं नै फर्कियो


 


काठमाडौं, चैत १६ । काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं नै फर्किएको छ ।

बिहीबार राति साढे १० बजे जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका प्राविधिक म्यानेजर देवेन्द्र पुनले जहाजमा हाइड्रोलिकमा समस्या आएपछि सो जहाज पुनः राति ११ बजेर १५ मिनेटमा ल्याण्ड भएको बताए । अर्को जहाज व्यवस्थापन गरेर करिब २ घण्टापछि यात्रुहरूलाई दोहा पठाइसकिएको छ ।

जहाजमा २ सय ६३ जना यात्रु रहेका थिए । दोहा उडेर हाइड्रोलिकमा समस्या आएको जहाज अहिले बनिसकेको नेपाल एअरलायन्सले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्