कपनबाट पेस्तोल र चक्कुसहित युवक पक्राउ


 


काठमाडौं, चैत्र १६ । काठमाडौंको कपनबाट प्रहरीले गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

शंकास्पद गतिविधिहरु गरेको आरोपमा प्रहरीले ताप्लेजुङ फुङलिङ–९ घर भई हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिएको जनाएको हो ।

लिम्बुको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाईल २ थान सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गरिरहेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्