काँग्रेस केही समयमै सरकारमा आउँछ : महामन्त्री थापा


 


काठमाडौँ, चैत १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस केही समय भित्रै सरकारमा पुग्ने दाबी गरेका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने दाबी गरेका हुन् ।

सरकारले काँग्रसलाई पछ३याइरहने भन्दै उनले देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको बताए ।

नयाँ र पुराना कुनै पार्टीसंग पनि देशलाई उकास्ने क्षमता नभएको उनले बताए । मुलुकलाई निराशा चिर्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने थापाको भनाइ छ ।

यस्तै आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए ।

यस्तै उनले २०८२ मा पार्टीको महाधिवेशन हुने भन्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्