काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्यो


 


काठमाडौँ, चैत १७ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । 

आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको हो ।

ट्याक्सी नदीमा खस्दा एक जना पुरुषको भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए ।उनीहरू सबै बेपत्ता रहेको प्रहरीको भनाइ छ ।  कसैको पनि परिचय खुल्न सकेको छैन । 

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्